२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बैतडीको झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिको उद्धार

अ+ अ-

बैतडी । पछिल्लो तीन वर्षमा नेपाल–भारत सिमानाका झुलाघाटबाट दुई सय १८ महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।

विभिन्न बहानामा भारत लैजाँदै गरेको अवस्थामा महिला तथा बालबालिकाको उद्धार गरिएको सीमा प्रहरी चौकी झुलाघाटका इन्चार्ज, प्रहरी नायब निरीक्षक उमेशकुमार पालले जानकारी दिए । आर्थिक वर्ष २०७२/७३ मा २३ महिला तथा २७ बालबालिकासहित ६० जनाको उद्धार गरिएको थियो । आव २०७३/७४ मा २४ महिला र ४० बालबालिकासहित ७३ जनाको उद्धार गरिएको थियो । आव २०७४/७५ मा ७० बालबालिका तथा १७ महिलासहित ८७ जनाको उद्धार गरिएको पालले बताए।

आर्थिक अवस्था कमजोर भएका कारण बालबालिका विद्यालय छोडेर रोजगारीका लागि भारत जाने गरेका छन् । “विद्यालको पोशाकमै मजदुरी गर्न भारत जाने गरेका छन्,” इन्चार्ज पालले भने, “भारतमा बेचविखनको डर रहेकाले सीमाबाटै घर फर्काउने गरेका छौँ ।” पढाइ खर्चको जोहो गर्न बिदाको समयमा भारत जाने विद्यार्थीको सङ्ख्या अत्यधिक रहेको छ । “चैत र वैशाखमा बढीजसो मजदुरी गर्न भारत जाने गरेका छन्,” उनले भने । उद्धार गरिनेमा १२ वर्षदेखि १८ वर्षमुनिका बालबालिका र किशोरकिशारी रहेका छन् । अधिकांश विद्यालय उमेर समूहका बालबालिका साथीको लहलहैमा घरबाट भागेर भारत जाने गरेको पाइएको छ ।

आर्थिक अवस्था कमजोर भएका बालबालिका बिदाको समयमा खर्च जुटाउन भारत जाने गरेको प्रहरी नायब उपरीक्षक नेत्रमणि गिरी बताउँछन् । “घरपरिवारको स्वीकृति लिएर भारत जानेको सङ्ख्या कमै छ,” उनले भने, “कतिपय किशोरकिशोरी भागेर विवाह गर्न तथा भारतमा लुकेर बस्नसमेत जाने गरेका छन् ।” उद्धार गरिएका बालबालिका तथा किशोरकिशोरीलाई सम्झाइ बुझाइ जिल्ला प्रहरी कार्यालयले उनीहरुको अभिभावकको जिम्मा लगाउने गरेको छ । सिमानाका झुलाघाटबाट उद्धार गरिनेमा बैतडी बाहेक डडेल्धुरा, बझाङ, बाजुरा, अछाम, डोटी, कालिकोट, हुम्ला, मुगुलगायत जिल्लाका बालबालिका र किशोरकिशोरी रहेका छन् ।