सिन्जालीले ल्याए मीरा « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

सिन्जालीले ल्याए मीरा


१९ भाद्र २०७५, मंगलबार


काठमाडौं । दीपक सिन्जालीद्वारा लिखित उपन्यास ‘मीरा’को विमोचन भएको छ ।

सिन्जालीले संघर्ष गरेर पनि मानिस बाँचिरहेको हुन्छ भन्ने उपन्यासमा देखाउन खोजेको प्रस्ट्याए । ‘हाडनाता सम्बन्धजस्ता कुरालाई पञ्च भलाद्मी बसेर मिलाउने सामाजिक न्याय व्यवस्था ठीक होइन भन्ने देखाउने प्रयास छ’, उनले भने, ‘प्रेम, सामाजिक न्यायलगायत विषयमाथि उपन्यास केन्द्रित छ ।’

साहित्यकार सिग्देलले पहिलो उपन्यासबाटै दीपक सिन्जालीले प्रचुर सम्भावना देखाउन सकेको सुनाए । उपन्यासकार गनेस पौडेलले परिपक्क लेखकको भन्दा मीरा कम नभएको बताए । ‘सरल भाषामा समाजको एउटा प्रेमको विम्बलाई दीपकले उतारेका छन्’, उनले भने ।

पत्रकार दीपक सापकोटाले उपन्यासका फ्याक्ट्रीबाट उत्पादितमध्ये मीराले सम्भावनाको संकेत गरेको टिप्पणी गरे । ‘कृष्णभक्त भएर बाँच्नु नै जीवन बाँच्ने सबैभन्दा राम्रो तरिका हो भन्ने मीरा बाई र सिन्जालीको उपन्यासकी पात्र मीराको बीचमा तालमेलचाहिँ छैन,’ सापकोटाले भने । समीक्षक उपेन्द्र पौडेलले समाजले पचाउन इन्कार गर्ने जटिल प्रेमकथालाई सिन्जालीले उपन्यासमा बुनेको सुनाए ।

Tags :
प्रतिक्रिया दिनुहोस