सङ्घीय निजामती सेवा विधेयकबारे छलफल « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

सङ्घीय निजामती सेवा विधेयकबारे छलफल


प्रशासन विशेष ब्युरो

१९ भाद्र २०७५, मंगलबार


सेवा ऐन

काठमाडौँ । प्रस्तावित सङ्घीय निजामती सेवा ऐनबारे विवाद भइरहेका बेला सिंहदरवारमा कार्यरत निजामती कर्मचारीहरूले यसबारे छलफल गरेका छन् ।

छलफलका सहभागीहरूले प्रस्तावित ऐनका कतिपय प्रावधानहरू जस्ताको त्यस्तै पास भए निजामती सेवा प्रत्युत्पादक हुने, यसभित्रका अन्तर समूहबिच फाटो बढ्ने तथा बैमनस्यता कायम हुने र कर्मचारीको वृत्ति विकासमा नकारात्मक असर परी प्रतिभा पलायन हुन सक्ने भन्दै चिन्ता व्यक्त गरेका थिए ।

छलफलले प्रस्तावित ऐनका विवादित विषय सच्याउन सम्बन्धित निकायमा सुझाव पठाउने निष्कर्ष निकालेको थियो ।

छलफलमा २७, २८, २९, ३०, ३१ र ३२ ब्याचका अधिकृतहरूको बाहुल्यता रहेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस