एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स सुरु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स सुरु


१८ भाद्र २०७५, सोमबार


काठमाडौं । ११ औं एसिया प्यासिफिक इन्टेलिजेन्स चिफ्स कन्फ्रेन्स (एपिआइसिसी) आज राजधानीमा सुरु भएको छ ।

नेपाली सेना र युएस इन्डो–प्यासिफिक कमान्ड डाइरेक्टोरेट अफ इन्टेलिजेन्सको आयोजनामा कन्फरेन्स सुरु भएको हो । कन्फ्रेन्सको उद्घाटन कामु प्रधानसेनापति पूर्णचन्द्र थापाले गरे ।

नेपाली सेनाले जारी गरेको विज्ञप्ति अनुसार कन्फरेन्समा नेपाललगायत एसिया प्यासिफिक क्षेत्रअन्तर्गत २३ देशका एक सय तीन उच्च तहका सैनिक अधिकृत सहभागी छन्, जसमा विदेशका ८३ र नेपालका २० जना छन् । कन्फ्रेन्स बुधबारसम्म चल्नेछ ।

कन्फ्रेन्स पछि विदेशी सहभागीलाई नेपालका पर्यटकीय स्थलहरूको भ्रमण गराउने कार्यक्रम रहेको विज्ञप्तिमा जनाइएको छ ।

कन्फ्रेन्सले पेशागत विशेषज्ञता तथा इन्टेलिजेन्स क्षमता बढ्नुका साथै विदेशी राष्ट्रहरूसँगको सैनिक सम्बन्ध अझ मजबुत र प्रगाढ हुने सेनाको विश्वास छ ।

प्रतिक्रिया दिनुहोस