२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

उपत्यकामा टिपर तथा ट्रकको दुर्घटना न्यून

अ+ अ-

काठमाडौं । काठमाडौं उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि तिनबाट हुने दुर्घटनामा कमी आएको छ ।

सवारीसाधनको अत्यधिक चाप रहेको उपत्यकामा दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाइएपछि दुर्घटनामा कमी आएको हो । उपत्यकामा चालू आर्थिक वर्षको साउन र भदौमा ती सवारी साधनको दुर्घटनाबाट तीनजनाको ज्यान गएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार आव २०७४/०७५ मा एक हजार ५८० यस्ता सवारी साधनबाट भएको दुर्घटनामा ४५ जनाको ज्यान गएको थियो । जसमध्ये २०७४ को साउन र भदौमा मात्र ती सवारी साधनका कारण सातको मृत्यु भएको थियो ।

टिपर दुर्घटनाबाट पैदलयात्रु र साना सवारी चालकको मृत्युका घटना बढेकाले गृहमन्त्री रामबहादुर थापाले उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारी र महानगरीय ट्राफिक प्रहरी महाशाखालाई दुर्घटना न्यूनीकरणका लागि आवश्यक कदम चाल्न निर्देशन दिएका थिए ।

साउन १ गते काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको संयोजकत्वमा बसेको सरोकारवाला निकायको बैठकले बिहान ५ बजेदेखि बेलुका ८ बजेसम्म ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउने निर्णय गरेको थियो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्तकुमार पन्त दिउँसोको समयमा त्यस्ता सवारी साधन सञ्चालनमा रोक लगाएकै कारण दुर्घटनामा कमी आएको बताउँछन् । “रातको समयमा कम सवारीसाधन गुडने र सडकमा मानिसको भीडभाड कम हुने भएकाले दुर्घटनामा कमी आएको हो”, उनी भन्छन्, “ साँघुरो सडक र बढी सवारीसाधन आवतजावत हुँदा उपत्यकामा धेरै दुर्घटना हुने गरेको हो ।”

चालकको लापर्वाही र तीव्र गतिका कारण नै उपत्यकामा बढी ट्रक र टिपर दुर्घटना हुने गरेको उल्लेख गर्दै लामो समयदेखि मुलुकको सवारी साधन व्यवस्थापनको क्षेत्रमा काम गर्दै आउनुभएका जगतमान श्रेष्ठ भन्छन्,“ट्रक टिपरका चालकले जति अगाडि देख्छन् त्यति दायाँबायाँ नदेख्दा बढी दुर्घटना हुने गरेको छ ।”

पचास प्रतिशत सवारी चालकसँग भारी सवारीसाधन सञ्चालनको अनुमति पत्र (लाइसेन्स) नभएको र त्यसमध्ये पनि २५ प्रतिशत चालक अनुभवविहीन भएका कारण दुर्घटना बढेको जानकारी दिँदै उनी टिपर र ट्रकका अधिकांश चालक सिकारुसमेत रहँदा दुर्घटना हुने गरेको बताउँछन् ।

मादकपदार्थ सेवन गरेर सवारीसाधन चलाउनु तथा बढी रकम पाउने लोभमा दुई/तीनपटक ओहोरदोहोर गर्नु र तीव्र गतिका कारण पनि बढी दुर्घटना हुने गरेको छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका मालबाहकतर्फका उपाध्यक्ष यादवलाल श्रेष्ठ दिउँसोको समयमा ट्रक तथा टिपर सञ्चालनमा रोक लगाउँदा व्यवसायमा समस्या परेको बताउँछन् । “रातको समयमा निर्माण सामग्री नपाउँदा सामान ढुवानीमा समेत समस्या परेको छ”, उनी भन्छन् ।

रातको समयमा निर्माण सामग्री सवारीसाधनमा राख्दा वा झार्दा सुतिरहेका मानिसलाई असर पर्ने गरेकाले दिउँसोको समयमा ट्रक र टिपर चलाएर नै दुर्घटना न्यूनीकरण गर्न लागि ट्रक र टिपरको बनावट परिवर्तन गर्न व्यवसायी लागेको उनी बताउँछन्। आव २०७/०७५ मा काठमाडौं उपत्यकामा मात्र सवारी दुर्घटनाबाट १९४ जनाको ज्यान गएको थियो । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौं उपत्यकामा आठ लाखभन्दा बढी र देशभर ३० लाखभन्दा बढी सवारीसाधन सञ्चालनमा छन् ।