सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउन माग « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्‍याउन माग


१८ भाद्र २०७५, सोमबार


काठमाडौं । प्रतिनिधिसभाको शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकार र सदनको ध्यानाकर्षण गराएका छन् ।

उनीहरुले लुम्बिनीस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण द्रुत गतिमा अगाडि बढाउन, सबै गाउँपालिका तथा नगरपालिकामा बैंकिङ सेवा पुर्‍याउन माग गरे । यसैगरी सांसदहरुले थारु जातीमा मात्र देखिने सिकलसेल रोगको उपचार निःशुल्क गर्न, स्वास्थ्य बीमा भएका जिल्लामा औषधि अभाव देखिएको र आन्दोलनमा रहेका चिकित्सकका माग सम्बोधन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको ध्यानाकर्षण गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस