२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कुबेतमा अचेत किसान अस्पतालमा

अ+ अ-

म्याग्दी । रघुगङ्गा गाउँपालिका–३ मतारेका गणेशबहादुर किसान (थापा) कुबेतमै ढले । रक्तचापको समस्याले अचेत् भएर ढलेपछि उनलाई उपचारका लागि अस्पताल भर्ना गरियो । गत साउन ६ गते अकस्मात स्वास्थ्यमा गम्भीर समस्या आएपछि उनलाई कोमामा (अचेत अवस्था) राखेर उपचार गरिएको थियो ।

दुई हप्तापछि सामान्य होशमा आएका किसानको स्वास्थ्य पूर्ण रुपमा सामान्य अवस्थामा फर्कन अझै सकेको छैन् । उनी अहिले पनि आफूले काम गर्ने कम्पनीको सहयोगमा कुबेतको आदान अस्पतालमा उपचार गराइरहेका छन् । घरखर्च जुटाउन प्रवास पुगेका घरमूली नै बिरामी परेर अस्पतालमा भर्ना भएपछि यता उनको परिवार चिन्तित बनेको छ । कुबेतको कुक्जे कम्पनीमा कार्यरत किसान प्रवासमै थलिएपछि परिवारको गुजारा चलाउने सपना भताभुङ्ग भएको छ ।

दुई वर्षदेखि उक्त कम्पनीमा कार्यरत उनको उपचारमा लाग्ने खर्च अहिलेसम्म कम्पनीले नै व्यहोरेको सोही कम्पनीमा प्रशासन शाखामा कार्यरत राखु साझापानीका कमल भण्डारीले जानकारी दिए ।

‘‘ किसानको स्वास्थ्यमा सामान्य सुधार आएपछि कम्पनी घर पठाउने तयारीमा थियो, हामीले उनको पूर्ण उपचार यहीँ गरेर मात्रै नेपाल पठाउने भनेका छौं, उनलाई नियम अनुसारको सहयोग गर्न कम्पनीले स्वीकारेको छ, स्वास्थ्यमा क्रमिक सुधार आएकाले छिट्टै घर पठाउन सक्छौँ भन्ने लागेको छ ’’,  भण्डारीले भने ।

उनकाअनुसार बिरामी भएपछि लामो समयसम्म बोल्नसमेत नसक्ने अवस्थाका किसान अहिले सामान्य बोल्न सक्ने भए पनि अझै पूर्ण रुपमा स्मरणशक्ति फर्किसकेको छैन् । यता अस्पतालमा उपचाररत किसानको उपचार र उनलाई सहज रुपमा नेपाल पठाउन म्याग्दी प्रवासी नेपाली संघ (मोना) कुबेतले चासो दिएको छ ।

मोना कुबेतका संयोजक प्रेम विश्वकर्मा, महासचिव चन्द्र विश्वकर्मा, कोषाध्यक्ष कुष्णबहादुर खड्काले अस्पतालमा पुगेर बिरामीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । बीमा बापतको क्षतिपूर्ति लिन दूतावाससँग आवश्यक पहलको आग्रह गरिएको मोना कुबेतका महासचिव विश्वकर्माले जानकारी दिए । रासस