सल्यानमा पहिरो, एकै परिवारका तीनको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

सल्यानमा पहिरो, एकै परिवारका तीनको मृत्यु


१८ भाद्र २०७५, सोमबार


सल्यान । सल्यानमा पहिरोले घर पुरिँदा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।

पहिरोले पुरिएर बागचौर नगरपालिका–१२ बाफुखोलाका बालाराम डाँगीका दुई छोरी र एक छोराको मृत्यु भएको हो ।

मृत्यु हुनेहरुमा १० वर्षीया ललिता डाँगी, सात वर्षीय ललित डाँगी र चार वर्षीया मेनका डाँगी रहेको सल्यान प्रहरीले जनाएको छ ।

यसअघि बागचौर नगरपालिका ४ सेतीगुराँस भन्ने स्थानमा भदौ १२ गते राति पहिरोले घरको दलिन र भित्ता भत्किँदा एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस