विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन सर्वोच्चको आदेश


१७ भाद्र २०७५, आइतबार


सर्वोच्च अदालत

काठमाडौं । सर्वोच्च अदालतले विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको व्यवस्था मिलाउन परमादेश जारी गरेको छ।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले अधिवक्ता प्रेमचन्द्र राईले दायर गरेको रिटमा सुनुवाई गर्दै उक्त आदेश जारी गरेको हो । रोजगारी, अध्ययन, कुटनीति नियोगमा कार्यरत नेपाली नागरिकलाई मतदानको अधिकार दिन सरकार, संसद र निर्वाचन आयोगका नाममा परमादेश जारी गरिएको छ ।

‘नेपाली नागरिकता नत्यागेको र अन्य कुनै पनि देशको नागरिकता नलिएको, मतदानको लागि कानून बमोजिमको उमेर पुरा भै मतदाता परिचय पत्र भएको तथा विदेशमा रहेका नागरिकहरुको सम्बन्धमा कुटनीतिक निकायले तयार गर्ने लगतमा अद्यावधिक भएको व्यक्तिहरुलाई एक्सटर्नल भोटिङको लागी योग्य मानी सोही अनुसारको व्यवस्था गर्नु, आदेशमा भनिएको छ ।’

यो फैसला गैरआवासीय नेपालीको हकमा भने लागु हुनेछैन् ।

Tags :
प्रतिक्रिया दिनुहोस