भारतका राष्ट्रपति युरोप भ्रमणमा « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

भारतका राष्ट्रपति युरोप भ्रमणमा


१७ भाद्र २०७५, आइतबार


नयाँ दिल्ली । भारतका राष्ट्रपति रामनाथ कोविन्द आइतबार युरोपका तीन देशको भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

आठ दिने भ्रमणको क्रममा उनले साइप्रस, बुल्गेरिया र चेक गणतन्त्रको भ्रमण गर्नुहुने भारतको विदेश मन्त्रालयले जनाएको छ ।

राष्ट्रपति कोविन्दका साथ कृषिराज्य पुरुषोत्तम खोडाभाइ रुपाला र दुई जना सांसद राम शकल र अनिल बलुनीसहित केही उच्च सरकारी अधिकारी रहेका छन् । रासस/एएनआइ

Tags :
प्रतिक्रिया दिनुहोस