बझाङमा मदिरा प्रतिबन्ध « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

बझाङमा मदिरा प्रतिबन्ध


१७ भाद्र २०७५, आइतबार


बझाङ । जिल्लामा मदिराको कारोबार प्रतिबन्ध लगाइएको छ । शुक्रबारको जिल्ला सभा बैठकले असोज १ गतेदेखि लागू हुने गरी जिल्लाभर मदिराको कारोबारमा पूर्ण प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

बैठकमा प्रतिनिधि तथा प्रदेश सभाका सांसद, जिल्ला समन्वय समितिका पदाधिकारी, सबै स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत, जिल्लास्थित सुरक्षा निकाय प्रमुख तथा विषयगत कार्यालयका प्रमुखको सहभागिता रहेको थियो ।

जिल्ला समन्वय अधिकारी उमेर बस्नेतले मदिरा निषेध गर्ने निर्णयले स्थानीय महिला निकै उत्साहित भएको बताए । ‘मदिराका कारण महिला हिंसा तथा अपराध निकै बढेको थियो,’ उनले भने, ‘यो निर्णय कार्यान्वयन भएपछि महिला हिंसा तथा अपराध घट्ने अपेक्षा लिएका छौं ।’

जिल्लालाई मदिरा निषेधित क्षेत्र बनाउने प्रस्ताव जनप्रतिनिधिकै भएकाले कार्यान्वयन हुने उनले विश्वास व्यक्त गरे ।

Tags :
प्रतिक्रिया दिनुहोस