टेलिकमको सेवामा एक हप्ता सहुलियत प्रदान गर्न प्रधानमन्त्रीको आग्रह « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टेलिकमको सेवामा एक हप्ता सहुलियत प्रदान गर्न प्रधानमन्त्रीको आग्रह


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान दिवशका अवसरमा नेपाल टेलिकमलाई कम्तीमा एक हप्ताका लागि मोवाइल सेवामा सहुलियत प्रदान गर्न आग्रह गरेका छन् ।

गृह मन्त्रालयले आज आयोजित संविधान दिवश मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट संविधान निर्माणका लागि जनताले ठुलो संघर्ष गरेकोले त्यसको खुशियालीको रुपमा आएको संविधान पनि जनताले खुशियालीपूर्ण ढंगले मनाउन पाउनु पर्ने बताए । उनले भने, “२०७२ साल असोज ३ गते संविधानसभाबाट नेपालको संविधान जारी भएको हो । संविधान दिवश सबभन्दा ठुलो राष्ट्रिय दिवश हो । यसलाई जनताले अपनत्व गर्ने गरी मनाउनु पर्दछ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवशलाई सरकारी कार्यक्रम जस्तो नबनाइ संविधान दिवशको अवसर पारी शैक्षिक संस्था, स्थानीय तह र अन्य निकायहरुलाई विविध कार्यक्रमको आयोजना गरी मनाउन समेत आग्रह गरे ।उनले भने, “संविधान दिवशलाई जनजाती, महिला, दलित, मधेस, पहाड, हिमाल सबैकोे उत्सवको दिन दिनको रुपमा मनाउनु पर्दछ । यस अवसरमा सबै जातजातिले आफ्नो भेषभुषा र झांकी प्रदर्शन गर्नु उपयुक्त हुन्छ ।”

प्रधानमन्त्री ओलीले संविधान दिवशको व्यापकतालाई थप वृद्धि गर्न प्रज्ञा प्रतिष्ठानलाई संविधान र समृद्धि विषयमा कविता गोष्ठी आयोजना गर्न आग्रह गरेका छन्

Tags :
प्रतिक्रिया दिनुहोस