एसिया कप छनोट : नेपालले सिंगापुरलाई चार विकेटले हरायो, फाइनलको सम्भावना कायमै « प्रशासन
Logo ८ बैशाख २०८१, शनिबार
   

एसिया कप छनोट : नेपालले सिंगापुरलाई चार विकेटले हरायो, फाइनलको सम्भावना कायमै


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । मलेसियामा जारी एसिया कप छनोटअन्तर्गत नेपालले सिंगापुरलाई चार विकेटले हराएको छ । दोस्रो जितसँगै नेपालको फाइनल सम्भावना जिवितै छ ।

टस जितेर ब्याटिङ थालेको सिंगापुर ४२ ओभरमा १ सय ५१ रनमा समेटियो । सिंगापुरको इनिङ धरासायी गरेका सन्दीप लामिछाने र ललित राजवंशीले समान तीन विकेट लिए ।

सिंगापुरका कप्तान सिआर सूर्यवंशीले सर्वाधिक ६० रन बनाए । यस्तै, एई पारमले ३१ र के सुब्रमनिमले २० रनको योगदान दिए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् ।

जवाफी ब्याटिङ थालेको नेपालले २८ दशमलव १ ओभरमै लक्ष्य भेटायो । नेपालका लागि प्रारम्भिक ब्याट्सम्यान अनिल साहले सर्वाधिक ४३ रन जोडे । आक्रामक पारी खेल्दै उनले ३२ बलमा ५ चौका २ छक्का प्रहार गरे । अर्का ब्याट्सम्यान दीपेन्द्रसिंह ऐरीले ३३ रन जोडे । ३४ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गरे ।

प्रतिक्रिया दिनुहोस