नेपाल चिकित्सक संघद्वारा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

नेपाल चिकित्सक संघद्वारा देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सबै सेवा बन्द


१७ भाद्र २०७५, आइतबार


काठमाडौं । मुलुकी अपराध संहिताको बिरोधमा नेपाल चित्सिक संघले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गराएका छन् ।

मुलुकी अपराध संहिता ऐन २०७४ संसोधनको माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रिएका हुन् ।

भदौ १ गतेदेखि कार्यान्वयनमा आएको मुलुकी अपराध संहितामा उपचारका क्रममा डाक्टरको लापरवाहीले बिरामीको मृत्यु भएमा वा अंगभंग भएमा पाँच वर्षसम्म कैद र ५० हजार रूपैयाँसम्म जरिवानाको व्यवस्था गरेको छ। चिकित्सकहरूले यसमा असहमति जनाउँदै संशोधनको माग राख्दै आएका छन् ।

यस्तै डाक्टरहरुले आजै नेपाल मेडिकल काउन्सीलमा  लाइसेन्स फिर्ता गर्ने कार्यक्रम पनि राखेका छन् ।

संघले मुलुकी अपराध संहिता संशोधनको माग गर्दै आइतबार बिहान १० बजे माइतीघर मण्डलामा प्रदर्शन गर्ने र १२ बजेपछि काउन्सिललाई आ-आफ्नो लाइसेन्स फिर्ता गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया दिनुहोस