२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मलाका आफन्तसँगै बगे मन्त्री मगरका आँशु पनि

अ+ अ-

भीमदत्तनगर । शनिबार बिहान खानेपानी मन्त्री बिना मगर बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको घर पुग्दा केहीबेर सन्नाटा छाउनुका साथै केहीबेर आगन्तुक सबै स्तब्ध भए ।

मन्त्री मगर निर्मलाको घर पुग्दा निर्मलाका आमा र आफन्तले आँशु थाम्न सकेनन् । छोरी निर्मलाको हत्यारा पत्ता लगाउन आग्रहसहित स्तब्ध बनेकी आमा दुर्गा पन्तसँगै रोइरहेकी आफन्त महिलाको आँशु पुस्छन मन्त्री मगर अघि सरिन् । सो क्रममा भावुक बनेकी मन्त्री मगरले पनि आँशु थाम्न सकिनन् ।

उनिसँगै निर्मलाका परिवार भेट्न पुगेका प्रतिनिधिसभा सदस्य नीरु पालका पनि आँखा रसाइरहेका थिए । प्रतिनिधिसभा सदस्य पालले निर्मलाका आमालाई सहानुभूति व्यक्त गर्दै सबै मिलेर हत्यारालाई कारवाहीको दायरामा ल्याउने बचन दिए ।

त्यसैगरी निर्मला हत्या काण्डका दोषीलाई कारबाहीको माग गर्दै केही दिनअघि भीमदत्तनगरमा भएको आन्दोलनका क्रममा प्रहरीको गोली लागेर शहादत प्राप्त गर्नुभएका भीमदत्त नगरपालिका–१८ भगतपुरका १४ वर्षीय शहीद सनी खुनाको घर पुग्दा पनि मन्त्री मगरसहित सबै स्तब्ध देखिन्थे ।

मन्त्री बिना खुनाका घर पुग्दा शहीदका आमा मञ्जु खुनाले पनि आँशु बगाउन थालिन् । सो क्रममा पनि मन्त्री मगरले उनिलाई सहानुभूति व्यक्त गरिन् । गृह जिल्लामा भइरहेका बलात्कारलगायतका घटनाले आफू स्तब्ध भएको मन्त्री मगरले पत्रकारसित बताइन् ।

निर्मला हत्या काण्डमा सरकार गम्भीर रहेको बताउँदै उनले दोषीलाई कारवाहीको दायरामा ल्याउने प्रतिवद्धता जनाइन् । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारीसहित स्थानीय प्रशासनलाई समेत आफूले अपराध नियन्त्रण र समाजको सुरक्षामा केन्द्रीत हुन निर्देशन दिएको बताइन् ।

शनिबार बिहान जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले निर्मला हत्याकाण्डको अनुसन्धानलगायतका विषयमा मन्त्री मगरलाई जानकारी गराएका थिए ।

निर्मला पन्तका परिवार र शहीद सनी खुनाका परिवारलाई भेट्न मन्त्री मगरसँगै प्रतिनिधिसभा सदस्य डा दीपकप्रकाश भट्ट, प्रदेश नं ७ का प्रदेशसभा सदस्य प्रकाश रावल र मानबहादुर सुनारको समेत सहभागिता रहेको थियो । रासस