एसिया कप छनोट प्रतियोगिता : नेपालद्वारा मलेसिया १९ रनले पराजित « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

एसिया कप छनोट प्रतियोगिता : नेपालद्वारा मलेसिया १९ रनले पराजित


१६ भाद्र २०७५, शनिबार


काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले मलेसियालाई १९ रनले हराउँदै जित हात पारेको छ । लगातार दुई खेल पराजय भोगेको नेपालले आजको खेलमा जित हात पारेको हो ।

वर्षाका कारण ३०/३० ओभरमा छोट्याइएको खेलमा नेपालले ७ विकेट गुमाउँदै मलेसियालाई १८९ रनको विजय लक्ष्य दिएको थियो । मलेसियाले ९ विकेट गुमाउँदै १६९ रन मात्र जोड्न सक्यो ।

जितसँगै नेपालले छनौट खेलको फाइनलमा पुग्ने सम्भावना जिवितै राखेको छ ।

प्रतिक्रिया दिनुहोस