भुटानका प्रधानन्यायाधीश वाङचुक स्वदेश फिर्ता, उपप्रधानमन्त्री यादवले गरे बिदाई « प्रशासन
prasaLogo
१६ भाद्र २०७५, शनिबार

भुटानका प्रधानन्यायाधीश वाङचुक स्वदेश फिर्ता, उपप्रधानमन्त्री यादवले गरे बिदाई


प्रकाशित मिति : 1 September, 2018 3:32 pm

काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को चौथो शिखर सम्मेलनमा भाग लिएर भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार एवं प्रधानन्यायाधीश ल्योन्पो छिरिङ वाङचुक शनिबार स्वदेश प्रस्थान गरेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं स्वास्थ्य एवं जनसङ्ख्यामन्त्री उपेन्द्र यादव र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले बिदाई गरे। भुटानका विशिष्ट अतिथि वाङचुक गत बुधबार बिमस्टेक सम्मेलनमा भाग लिन काठमाडौं आएका थिए ।

प्रतिक्रिया दिनुहोस