चौथो विमस्टेक शिखर सम्मेलन सम्पन्न, १८ बुँदै काठमाडौं घोषणापत्र जारी « प्रशासन
prasaLogo
१५ भाद्र २०७५, शुक्रबार

चौथो विमस्टेक शिखर सम्मेलन सम्पन्न, १८ बुँदै काठमाडौं घोषणापत्र जारी


प्रकाशित मिति : 31 August, 2018 1:43 pm

काठमाडौं । चौथो विमस्टेक शिखर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनका एजेण्डामाथि छलफल सकेर १८ बुँदे घोषणापत्र जारी गर्दै बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । काठमाडौं घोषणापत्रमा विमस्टेकका सातवटै सदस्य राष्ट्रका सरकार प्रमुखहरुले हस्ताक्षर गरेका छन् ।

शुक्रबार भएको समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । बिमस्टेकको अध्यक्षता प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकाका राष्ट्रपति मैत्रिपाल सिरिसेनालाई हस्तान्तरण गरेका छन् । २०१४ देखि बिमस्टेकको अध्यक्षता नेपालले गर्दै आएको थियो ।

सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओली, बंगालदेशी प्रधानमन्त्री, शेख हिसना, भुटानका अन्तरिम सरकारका प्रमुख सल्लाहकार ग्योल्पो छिरिङ वाङ्चुक, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, म्यान्मारका राष्ट्रपति विन मिन्ट, श्रीलंकाका राष्ट्रपति मैत्रीपाल सिरिसेना र थाइल्याण्डका प्रधानमन्त्री प्रायुत च्यान ओचा सहभागी थिए ।

आजै बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख स्वेदश फर्कने कार्यक्रम रहेको छ । पाँचौ शिखर सम्मेलन श्रीलंकाले आयोजना गर्नेछ । बिमस्टेक सम्मेलन २००४ मा थाइल्याण्ड, २००८ मा भारत र २०१४ मा म्यान्मारले आयोजना गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस