बिम्स्टेक राष्ट्रका प्रमुखबीच रिट्रिट « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

बिम्स्टेक राष्ट्रका प्रमुखबीच रिट्रिट


१५ भाद्र २०७५, शुक्रबार


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) का राष्ट्राध्यक्ष/सरकार प्रमुखको अनौपचारिक राजनीतिक संवाद (रिट्रिट) शुरु भएको छ ।

सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुखलाई आवासको व्यवस्था गरिएको ताहाचलस्थित सोल्टी होटलमा रिट्रिट शुरु भएको हो ।

सोल्टी होटेलको पौडी पोखरी परिसरमा शुरु गरिएको रिट्रिटमा सबै देशका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथी पनि सहभागी छन्।

बिम्स्टेकका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली तथा उनकी धर्मपत्नी राधिका शाक्यले रिट्रिटस्थलमा सदस्य मुलुकका राष्ट्राध्यक्ष/सरकार प्रमुख तथा उनीहरूका जीवनसाथीलाई स्वागत गरेका थिए ।

पञ्चकन्याले पनि उनीहरुलाई पुष्पगुच्छासहित स्वागत गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस