आई क्यूँ प्रश्नोत्तरः « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

आई क्यूँ प्रश्नोत्तरः


१५ भाद्र २०७५, शुक्रबार


आई क्यूँ

१. ६ जना मानिसहरू वृत्ताकार घेरामा वृत्तको केन्द्रबिन्दुतर्फ फर्किएर बसिरहेका छन् । रत्न मोहनको दायाँतिर बसेको छ तर उ विजयको ठिक बायाँतिर भने छैन । सुरेश भने कमल र विजयको बिचमा बसेको छ । अजय विजयको बायाँपट्टि बसेको छ भने मोहनको ठिक बायाँपट्टि को बसेको छ ?
A. अजय
B. कमल
C. विजय
D. रत्न

२.२, २, ५, १३, २८,…..खाली ठाउँमा कुन अङ्क राख्नु उपयुक्त हुन्छ ?
A. ५०
B. ५१
C. ५२
D. ५३

३.यदि कुनै भाषामा नियम लाई LGOD र गमला लाई UDNF ले जनाईन्छ भने उक्त भाषामा गति लाई के भनेर जनाईन्छ ?
A. ult
B. dlt
C. uln
D. utl

४.समुहमा नमिल्ने पत्ता लगाउनुहोस् ।
A. भुईकटहर
B. सुन्तला
C. केरा
D. अंगुर

५.कुनै कोडमा TOGETHER  लाई RQEGRJCT भनेर लेखिन्छ । सोही कोडमा PAROLE लाई कसरी लेखिएला ?
A. RYPQJG
B. RCPQJG
C. NCPQJG
D. NCPQJC

६.दिईएको अनुक्रमलाई पुरा गर्नुहोस् : ६०, ३०, २०, १५, ?, ?
A. १०, १०
B. १०, ६
C. १५, १२
D. १२, १०

७. दिईएको मेट्रिक्सको ? संकेत रहेको ठाउँमा कुन अङ्क राख्नु उपयुक्त हुन्छ ?

A. 4
B. 5
C. 6
D. 7

८.E,L,R,U प्रत्येक अक्षहरुलाई एक शब्दमा एक पटक भन्दा बढी नदोहो-याई कतिवटा अर्थपूर्ण शब्दहरुको निर्माण गर्न सकिएला ?
A. एक
B. दुई
C. तीन
D. तीनभन्दा बढी

९.एउटा तारलाई वर्गको रुपमा मोड्ने हो भने १२१ वर्ग मिटर क्षेत्रफल लिन्छ । यदि सोही तारलाई वृत्तको रुपमा मोड्ने हो भने सो तारले कति क्षेत्रफल लिन्छ होला ?
A. १५२ वर्ग मिटर
B. १५४ वर्ग मिटर
C. १५८ वर्ग मिटर
D. १५८.६ वर्ग मिटर

१०. CMM, EOO, GQQ, _____, KUU
A. GRR
B. GSS
C. ISS
D. ITT

1B6D
2C7A
3A8B
4C9B
5C10C

 


प्रस्तुती
भोजराज भट्ट
केदारप्रसाद खतिवडा


यसअघिका सबै श्रृंखलाहरु हेर्न तलको लिंकमा क्लिक गर्नुहोस्
http://www.prasashan.com/category/loksewa/

Tags :
प्रतिक्रिया दिनुहोस