तीन दिन बदली र वर्षा हुने « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

तीन दिन बदली र वर्षा हुने


१४ भाद्र २०७५, बिहिबार


काठमाडौं । आगामी तीन दिनसम्म देशभरि नै सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले तीन दिनसम्मको मौसमी पूर्वानुमान बुलेटिन जारी गर्दै विहिबार दिउँसो हल्कादेखि मध्यम वर्षा र पश्चिम नेपाल र पूर्वी नेपालका एक–दुई स्थानमा मध्यमदेखि भारी वर्षाको सम्भावना औँल्याएको हो ।

विहिबार राति देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानमा र पूर्वी नेपालका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। भोलि शुक्रबार देशभरि नै आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । पश्चिम नेपालको विशेष गरी तराई र चुरे भू–भागमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । भदौ १६ गते शनिबार पनि देशका अधिकांश स्थानमा सामान्यदेखि पूर्ण बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरण अनुसार विहिबार सबैभन्दा बढी विराटनगरमा ११६ मिलिमिटर वर्षा भएको छ । ओखलढुङ्गामा ६४, सिमरामा ५२, वीरेन्द्रनगरमा ५४ मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा २३ मिलिमिटर वर्षा भएको छ। आज काठमाडौँको अधिकतम तापक्रम २९.२ र न्यूनतम तापक्रम २३.९ रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस