२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिमस्टेकले दक्षिण एशिया र दक्षिण पूर्व एशियालाई जोड्ने छ : प्रधानमन्त्री ओली

अ+ अ-

काठमाडौं । प्रधानमन्त्री के.पी. शर्मा ओलीले बिमस्टेकको उद्घाटन समारोहलाई सम्वोधन गर्दै आगन्तुक राष्ट्र प्रमूख तथा सरकार प्रमूखहरुलाई बुद्ध र सगरमाथाको देशमा स्वागत गरेका छन् ।

विश्वको कूल जनसंख्याको २२ प्रतिशत जनसंख्याको प्रतिनिधित्व गर्ने वंगालको खाडी क्षेत्रका राष्ट्रहरुका तर्फबाट हामी यहाँ यस क्षेत्रमा शान्तिपूर्ण, समृद्ध र दिगो विकास कायम गर्ने प्रतिबद्धताका साथ उपस्थित भएका छौं भन्दै उनले बिमस्टेकले दक्षिण एशियाले दक्षिण पूर्व एशियालाई जोड्ने बताए ।

सम्भाव्यताले भरिपूर्ण यस क्षेत्रका राष्ट्रहरुमा समृद्ध प्राकृतिक सम्पदा, कृयाशील जनसंख्याबाट श्रृजना हुने अनगिन्ति अवसरहरु रहेको भन्दै प्रधानमन्त्री ओलीले हाम्रा पूर्खाबाट विवेक, ज्ञान पनि पाएको उल्लेख गरे । यस क्षेत्रका जनतालाई गरीवीको साङ्लो र अभावको कुचक्रबाट मुक्त गर्नु पर्ने विचार राख्दै उनले भने, ‘हामीले बिमस्टेक कार्ययोजनालाई पूर्ण रुपमा कार्यान्वयन गर्नै पर्दछ । हामीले सहस्राब्दी विकास लक्ष्यअन्तर्गत हासिल गरेका प्रगतिमा लगातार अघि बढ्दै आर्थिक सामाजिक रुपान्तरणकालागि सन् २०३० सम्म पूरा गर्ने लक्ष्य राखिएको दीगो विकासको लक्ष्यसमेत हासिल गर्नै पर्दछ ।’

आर्थिक विकासको इन्जिन व्यापार नै हो भन्दै उनले भने, ‘वस्तु र सेवाको व्यापार, लगानी, भन्सारसम्बन्धी मामिलामा आपसी सहयोग, व्यापार सुविधाका सन्दर्भमा विवादको निराकरणजस्ता विषयहरुमा सहमति आजको आवश्यकता हो, जसले विमिस्टेकलाई प्रभावकारी रुपमा अगाडि बढाउनेछ । स्वतन्त्र र स्वच्छ व्यापारप्रतिको हाम्रो प्रतिवध्दता अपरिहार्य छ ।

सरकारले समृध्द नेपाल, सुखी नेपालीको लक्ष्य अघि सारेको बताउँदै उनले हामीले सबैले समृध्द क्षेत्र, सुखी जनताको अपेक्षा गरेका छौं भने । कनेक्टिभिटीलाई मजवूत क्षेत्रीय सहयोगको कूँजी बताउँदै कनेक्टिभिटी नै आर्थिक एकिकरणको जग भएको धारणा व्यक्त गरे । प्रधानमन्त्री ओलीले यस क्षेत्रमा कनेक्टिभिटी र पर्यटनको प्रवद्र्धन गर्न बुद्धिष्ट सर्किटको अवधारणालाई मूर्तता प्रदान गर्नु पर्ने कुरामा जोड दिए ।

बिमस्टेकले यसका कामहरुका आधारमा मूल्यांकन गरिने बताउँदै उनले भने, ‘सही नीति, संस्था र स्रोत–साधन अनि दृढ राजनीति इच्छा शक्तिले मात्र यसको सफलताको सुनिश्चिता कायम गर्न सक्नेछ ।’