एसिया कप छनोट : युएईद्वारा नेपाललाई २५५ रनको लक्ष्य « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

एसिया कप छनोट : युएईद्वारा नेपाललाई २५५ रनको लक्ष्य


१४ भाद्र २०७५, बिहिबार


काठमाडौं । एसिया कप छनोट प्रतियोगिताअन्तर्गत बिहीबार युएईले नेपालसामु २५५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ओभरमा ९ विकेटको क्षतिमा २५४ रनको मध्यम योगफल तयार पारेको हो ।

आक्रामक ओपनिङ गरेको युएईले १२.१ ओभरमा ७० रन जोड्दा पहिलो विकेट गुमायो । त्यसपछि युएईको साझेदारी जम्न सकेन ।

तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका कप्तान रोहन मुस्तफा १ रनमै आउट भए । चौथो नम्बरमा ब्याटिङ गर्न आउका रमिज सेहजादले ३५ रन मात्र जोड्न सके ।

सातौ नम्बरमा ब्याटिङ गर्न आएका अडनान मुफ्टी ५७ रनमा नटआउट रहे । उनले सबैभन्दा बढी आठ चौंका प्रहार गरे ।

युएईका ओपनरद्वय असफाक अहेमद ४५ र चिराग सुुरीले ६५ रन जोडे ।

नेपालका लागि सन्दीप लामिछानेले सर्वाधिक चार विकेट लिए । १० ओभरको स्पेलमा उनले २ मेडन राख्दै २४ रन मात्रै खर्चिए । सोमपाल कामी र वसन्त रेग्मीले समान दुई विकेट लिए ।

केही बेरमै नेपालले जवाफी ब्याटिङ थाल्नेछ ।

प्रतिक्रिया दिनुहोस