बाजेको सेकुवा खोल्न सर्वोच्चको अन्तरिम आदेश « प्रशासन
Logo ६ बैशाख २०८१, बिहिबार
   

बाजेको सेकुवा खोल्न सर्वोच्चको अन्तरिम आदेश


१३ भाद्र २०७५, बुधबार


सर्वोच्च अदालत

काठमाडौं । सरकारले शिलबन्दी गरेको बाजेको सेकुवा रेस्टुरेण्टका सबै शाखाहरू सर्वोच्चले अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले बाजेको सेकुवाका सबै शाखा खोल्न अन्तरिम आदेश जारी गरेको हो ।

बाजेको सेकुवाका सन्चालक चेतन भण्डारी ३३ किलो सुन तस्करी प्रकरणमा मुछिएपछि सरकारले बाजेको सेकुवाका सबै शाखामा सिलबन्दी गरिदिएको थियो ।

उक्त निर्णय विरूद्ध उनकी पत्नी नीतिमा भण्डारीले आइतबार सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस