डोजर दुर्घटनामा दुईको मृत्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

डोजर दुर्घटनामा दुईको मृत्यु


१३ भाद्र २०७५, बुधबार


सिन्धुली । कमलामाई नगरपालिका – १ डाँडीगुराँसेमा आज डोजर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

एसके देवीरमण कन्स्ट्रक्सनको वा २ क ३२०५ नंको डोजर दुर्घटना हुँदा त्यसका हेल्पर धनुषा, मिथिला नगरपालिका १० लालगढ निवासी अन्दाजी ३० वर्षीय नाम स्पष्ट नभएका एक व्यक्ति र सिन्धुली तीनपाटन गाउँपालिका ४ बागथला निवासी २२ वर्षीय कमल बोगटीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक जेसी सहाले जानकारी दिए ।

दुर्घटनामा सिन्धुली तीनपाटन गाउँपालिका ५ लंगुरखोला निवासी अन्दाजी २४ वर्षीय गणेश थापा घाइते भएकामा अहिले सिन्धुली अस्पतालमा उपचार हुन नसकेपछि काठमाडौं सिफारिस गरिएको छ । मृतक बोगटी र घाइते गणेश थापा घर बनाउने डकर्मी हुन् । आज घर बनाउने काम नभएपछि उनीहरु डाँडीगुराँसे आउने क्रममा तीव्र गतिमा रहेको डोजर सडकबाट करीव २५ फिट तल खसेको थियो । दुर्घटनाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस