मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिँदा एक महिलाको मृत्यु « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

मोटरसाइकललाई ट्याङ्करले ठक्कर दिँदा एक महिलाको मृत्यु


१३ भाद्र २०७५, बुधबार


काठमाडौं । ट्याङ्करले मोटरसाइकललाई ठक्कर दिँदा  एक महिहलाको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका–१३ स्थित विष्णुमती पुल नजिक आज बिहान ना४ख २९४८ नं. को ट्याङ्करले त्रिपुरेश्वर जाने क्रममा बा३४प ५४१५ नं. को मोटरसाइकललाई ठक्कर दिँदा बबिता थापाको मृत्यु भएको छ ।

मोटरसाइकलको पछाडि सवार दोलखाकी ३२ वर्षीया बबिता थापा गम्भीर घाइते भई उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय प्रहरी वृत्त कालीमाटीले जनाएको छ ।

मोटरसाइकल चालक देवकुमार रिजाल भने सामान्य घाइते भएका छन् । ट्याङ्कर चालक मकवानपुरका ६२ वर्षीय बीरबहादुर विकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस