भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार राजधानीमा « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार राजधानीमा


१३ भाद्र २०७५, बुधबार


काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा भाग लिन भुटानको अन्तरिम सरकारका प्रमुख सल्लाहकार ल्योन्पो छिरिङ वाङचुक आज बिहान राजधानी आइपुगेका छन् ।

उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले स्वागत गरे ।

विशिष्ट पाहुना वाङचुकलाई नेपाली सेनाको एक टोलीले स्वागत गरेको थियो । उनलाई परराष्ट्र मन्त्रालयका उच्च अधिकारीले पनि स्वागत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस