राष्ट्रियसभाका ४ समिति मध्ये सभापतिको लागि ३ मा मनोनयन दर्ता « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

राष्ट्रियसभाका ४ समिति मध्ये सभापतिको लागि ३ मा मनोनयन दर्ता


१२ भाद्र २०७५, मंगलबार


काठमाडौं । राष्ट्रियसभाका ४ विषयगत समितिमध्ये सभापतिका लागि तीन वटामा मनोनयन दर्ता भएको छ ।

विधायन व्यवस्थापन समितिको सभापतिमा पर्शुराम मेघी गुरुङ, प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिमा डा रामनारायण बिडारी र राष्ट्रिय सरोकार तथा समन्वय समितिमा दिलकुमारी रावल थापा (पार्वती) ले उम्मेदवारी दर्ता गराएका छन् । दिगो विकास तथा सुशासन समितिमा भने कसैको पनि उम्मेदवारी परेन । उक्त समितिको सभापतिका लागि भने पुनस् मनोनयन आह्वान गरिने बताइएको छ ।

तीन समितिमा एकल उम्मेदवारी परेकाले उनीहरु निर्विरोध निर्वाचित हुने लगभग निश्चित बनेको छ ।

आज विहान बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म मनोनयनका लागि समय तोकिएको थियो । सभापतिहरुका लागि भोलि निर्वाचन हुँदैछ ।

Tags :
प्रतिक्रिया दिनुहोस