साहित्यकार कुसु क्षेत्रीको ‘चराको गीत’ लोकार्पण « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

साहित्यकार कुसु क्षेत्रीको ‘चराको गीत’ लोकार्पण


१२ भाद्र २०७५, मंगलबार


कठमाडौं । साहित्यकार कुसु क्षेत्रीको चराको गीत लोकार्पण गरिएको छ । कुसु क्षेत्री अमेरिकाका लागि नेपाली वाणीज्यदूत हुन् ।

शनिबार अमेरिकाको न्यूयोर्कस्थित ज्याक्सन हाइटमा एक समारोह गरी नेपाली राजदूत डा.अर्जुन कुमार कार्कीले सो कवितासंग्रहको विमोचन गरेका हुन् ।

चराको गीत कविता संग्रहलाई साझा प्रकाशनले प्रकाशनमा ल्याएको छ ।

सहित्यकार क्षेत्रीका कृतीहरु अर्र्ध मुद्रित आँखाहरु (गजल), बोधिसत्वको मृत्युउत्सव (कविता), आगोको मुर्छना (विलयन काव्य), रगतको दरबार (विलयन काव्य), म्यनमारमा नेपाली भाषा (साहित्य र संस्कृत), जापानको नेपाली भाषा र साहित्य तथा चौध वर्षपछि (संयुक्त कविता) लगायत प्रकाशित छन् ।

प्रतिक्रिया दिनुहोस