चोरी भएकी आठ महिने बालिका मृत भेटिइन « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

चोरी भएकी आठ महिने बालिका मृत भेटिइन


११ भाद्र २०७५, सोमबार


बालक

महोत्तरी । महोत्तरीको औरही नगरपालिकाबाट आइतबार चोरी एक बालिकाको शव फेला परेको छ ।

चोरी गरिएको भनिएकी औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीकी ८ महिनाकी छोरी सोनाली कुमारी शव सोही ठाउँको एक बगैंचामा फेला परेको हो ।

औरही बजारमा किराना पसल सञ्चालन गर्दै आएका चौधरीकी छोरीलाई अज्ञात व्यक्तिले उनको पसल नजिकैबाट लगेको बताइएको छ ।

प्रहरीले घटनास्थल पुगेर अनुसन्धान थालिएको जनाएको छ। शिशुको शरीरमा निलडाम देखिएका प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस