२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कठिन महाबु धाम मेला सम्पन्न

अ+ अ-

दैलेख । सधैँझैँ यस वर्ष पनि महाबु धार्मिक मेला सम्पन्न भएको छ । ज्यानको बाजी थापेर मेलामा पुग्नुपर्ने बाध्यता छ । कर्णाली प्रदेशको चार हजार दुई मिटर उचाइमा लाग्ने मेलामा यस वर्ष कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, नेपालगञ्ज, काठमाडौं र भारतबाट १५ हजार तीर्थयात्री महाबु धाममा पुगेको दैलेख, महाबु गाउँपालिकाका अध्यक्ष जङ्गबहादुर शाहीले बताए । निर्वाचित भएपछि पहिलो पटक महाबु पुगेका शाहीले यस वर्ष यात्रुले निकै हैरानी बेहोर्नुपरेको बताउँदै आगामी बर्षदेखि सबै स्थानीय तह मिलेर व्यवस्थापन गरिने जानकारी दिए ।

हजारौंँ तीर्थ यात्रीका लागि उचित बासस्थानको व्यवस्थापन र शौचालयको उचित प्रबन्ध नहुनाले बालकदेखि बूढापाकाले समेत हैरानी बेहोरेका थिए । निकै चिसो र अग्लो लेकमा रातभर खुला चौरमा यात्रु बस्न बाध्य भएका थिए । दैलेखका महावु र नौमूले गाउँपालिका तथा कालीकोटको महावै गाउँपालिकाको सिमानामा पर्ने उक्त स्थानमा अहिलेसम्म धार्मिक तीर्थका लागि आउने यात्रुका लागि कुनै पनि सुविधा नभएको दैलेखका सूर्यनारायण उपाध्यायले बताए ।

बर्दिया घर भई दैलेख सदरमुकाममा कामका सिलसिलामा आएका मङ्गल चौधरीसमेत यस वर्ष धाम पुगे । पहाडको टुप्पामा पनि निकै रमणीय र समथल भूभाग छ । बुकी झार र विभिन्न औषधीय गुण भएका वनस्पति यहाँ पाइन्छ । बिरामीलाई समेत जडिबुटीको हावाले सञ्चो हुने भएपछि धेरै मानिस त्यहाँ पुग्ने गरेका छन् । ज्यान जोखिममा राखेर महाबु पुगेएका दैलेख भुर्तीका ५२ वर्षीय राजन खत्रीले ढुंगाको ओढारमा रात बिताउँदा ज्यानै जान्छ कि भनेर चिन्तामा परेको गुनासो गरेका छन ।

दैलेख र कालीकोट जिल्लाको सिमानामा पर्ने महावुमा ढुंगाबाट उत्पति भएको शिवलिङ्ग छ । परम्परागत रुपमा महादेव शिवको उत्पति भएको कैलाश स्थानका रुपमा महाबुधाम प्रख्यात छ । दैलेख भुर्तीका बोल्न नसक्ने आचार्य ब्राह्मणका छोरा पाटनमा भैँसी चराउन गएका बेला ढुङ्गामा सुतेको अवस्थामा शिवको दर्शन पाएपछि उक्त ढुङ्गामा दिनहुँ दूध चढाउनुपर्ने र कसैलाई यो कुरा नभन्ने शर्त भएबमोजिम उनलाई बोल्न र वेद पढ्न समेत आएको दैलेखका आचार्य ब्राह्मण नरेन्द्र उपाध्यायले जानकारी दिए। दिनहुँ दूध चढाइने उक्त ढुङ्गाबाटै फुटेर शिवलिङ्ग बनेको अहिले पनि जस्ताको तस्तै देख्न सकिन्छ । दैलेख, भुर्तीका आचार्य ब्राह्मणले ल्याएको दूध चढाउने र कालीकोटका काफ्लेले नै अहिलेसम्म शिव देवताको पहिलो पूजा गर्ने गर्छन् ।

एउटा मात्र वर मागे तत्काल पूरा हुने देवताका धाममा नेपालका दैलेख, सुर्खेत, कालीकोट, जुम्ला, हुम्ला, बाँके र काठमाडौँ तथा भारतका भक्तजनले पूजापाठ गरेका छन् ।

१५० जीप धाममा
बिहीबारदेखि नै भक्तजनको घुइँचो लागेको सो धाममा पूजापाठका लागि पैदल यात्रीसँगै यस वर्ष १५० साना जीप पुगेका थिए । निकै बिग्रेको बाटामा सवारी साधन धकेल्दै कठिन यात्रा गरेका यात्रुवाहक सवारी साधनमध्ये ५० भन्दा बढी सवारी साधन सोमबार मात्र दैलेख सदरमुकाम आएका छन् ।

दैलेखको भावसैनी नजीकै आएको ठूलो पहिराका कारण ५० साना जीप अलपत्र परेको भए पनि गाडी चालकले आफैँ सडक निर्माण गरेर सवारी साधन पार गरेको तर स्थानीय तहले वास्ता नगरेको चालक सरोज थापाले बताए । “ज्यानकै बाजी राखेर महाबुमा पुग्यौंँ फर्किँदा पनि निकै समस्या भयो”, थापाले भने । दैलेखदेखि महाबुसम्म सहज यात्रा गर्नेहरुले तीन दिनको यात्रा तय गरेका हुन्छन् । निकै अप्ठेरो र उकालो भीरमा खुट्टा चिप्लिएपछि मानिस भेटिँदैन, तर पनि शिवको पूजापाठ गर्नका लागि धाममा हजारौंँ मानिसको भीड लाग्छ ।

ठूलो मेला लाग्ने दिन भदौ ९ गते महाबु पुग्नका लागि आएका कर्णाली प्रदेशका उद्योग, पर्यटन तथा वनमन्त्री नन्दसिंह बुढा, प्रदेश सदस्य अमरबहादुर थापालगायतको टोली सडक अवरुद्ध भएपछि आधा बाटाबाटै फर्केको थियो । महाबु नपुगे पनि उद्योगमन्त्री बुढाले दैलेखको सयौंँ वर्ष पुरानो कोतगढी, विश्वसम्पदा सूचीमा सूचीकरणका लागि सिफारिश गरिएको पञ्चदेवल तथा गणेश, नारायण र बेलासपुर मन्दिरको अवलोकन गरेका थिए । दैलेख सदरमुकामभित्र खुला स्थान रहेको गणेश मन्दिरमा बालोद्यान निर्माण गर्ने, पञ्चदेवलको जग्गा व्यवस्थित गरेर पर्यटक आगमनमा सहजता ल्याउने र कोतगढीलाई स्थानीय तहको मातहतमा ल्याउन पहल थाल्ने मन्त्री बुढाले बताए ।