महोत्तरी । महोत्तरीमा घरबाटै ८ महिने शिशू चोरी भएकी छन् ।
औहरी नगरपालिका–१ बस्ने सन्तोष चौधरीको ८ महिनाकी छोरी सोनाली कुमारी आइतबार घरबाटै चोरिएकी छन् ।
अज्ञात व्यक्तिले आइतबार साँझ ६ बजेतिर केहीबेर खेलाएजस्तो गरेर फरार भएको छ । खबरपाए लगत्तै इलाका प्रहरी कार्यालय गौशालाले खोजीकार्य थालेको जनाएको छ ।
यसअघि माघमा वीरगन्ज उपमहानगरपालिका१, छपकैयाकी आशादेवी र मुकेश पासवानको शिुशु चोरी भएको थियो । तर प्रहरीले ३ दिनपछि उक्त बच्चा फेला पारेको थियो ।