सानेपामा कांग्रेसका मेयर र उपमेयरहरुको राष्ट्रिय भेला, करबारे प्रशिक्षण « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सानेपामा कांग्रेसका मेयर र उपमेयरहरुको राष्ट्रिय भेला, करबारे प्रशिक्षण


११ भाद्र २०७५, सोमबार


काठमाडौं । नेपाली कांग्रेसका मेयर उपमेयरहरुको राष्ट्रिय भेला पार्टी केन्द्रीय कार्यालय सानेपामा शुरु भएको छ।

स्थानीय तहमा लगाइएको करबारे विज्ञ तथा पार्टीका नेताहरुले प्रशिक्षण दिनेछन्।

स्थानीय तहमा करको अवस्था बुझ्न भेला गरिएको जनाइएको छ । कुन आधारमा कस्तो मापदण्ड तोकेर कर लगाउने भन्ने विषयमा छलफल हुने जनाईएको छ ।

देशभरका एक सय ८९ मेयर तथा उपमेयर भेलामा उपस्थित छन्। सहभागीहरुलाई चार सेसनमा प्रशिक्षण दिने बताइएको छ।

प्रशिक्षण डा. शंकर शर्मा, कृष्ण ज्ञवाली, कानुनविद् शेरबहादुर केसी र पार्टी पदाधिकारीले दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस