निर्मलाका परिवारलाई तीन लाख दिने घोषणा « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

निर्मलाका परिवारलाई तीन लाख दिने घोषणा


११ भाद्र २०७५, सोमबार


कञ्चनपुर । भीमदत्त नगरपालिकाले बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका परिवारलाई तीन लाख सहयोग गर्ने घोषणा गरेको छ ।

भीमदत्तका नगर प्रमुख सुरेन्द्र विष्टले पन्तका परिवारलाई भेटेर सहयोगको घोषणा गरेका हुुन् । यसअघि भीमदत्त नगरपालिका नगर कार्यपालिका बैठकबाट पन्त परिवारलाई आवश्यक सहयोग गर्ने निर्णय गरिएको थियो ।

नगर प्रमुख विष्टले निर्मलाका परिवारलाई नगरपालिका कार्यालयबाट तीन लाख सहयोग दिइने जानकारी दिए ।

निर्मलाको हत्यामा संलग्नलाई छिटो कानूनी दायरामा ल्याएर कारवाही गरिनुपर्ने नगर प्रमुख विष्टले बताए । नगर प्रमुख विष्टले निर्मला हत्याको अनुसन्धानमा भीमदत्त नगरपालिकाबाट हुने सबै सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

निर्मला पन्तको हत्यारालाई कारवाहीको माग गर्दै भएको आन्दोलनमा गोली लागेर ज्यान गुमाएका शनि खुनाका परिवारलाई पनि शनिबार तीन लाख सहयोग गर्ने घोषणा गरिएको थियो । रासस

Tags :
प्रतिक्रिया दिनुहोस