पोखराको फेवातालमा १८ वर्षीय किशोरी मृत फेला « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

पोखराको फेवातालमा १८ वर्षीय किशोरी मृत फेला


११ भाद्र २०७५, सोमबार


पोखरा । पोखराको फेवातालमा एक किशारी मृत फेला परेकी छन् ।

आइतबार दिउँसो ४ बजेतिर घरबबाट निस्किएकी पोखराको पुम्दीभुम्दी कोदीकी १८ वर्षीया सुस्मीता लामिछाने सोमबार बिहान फेवातालमा मृत भेटिएकी छन् ।

लामिछानेको झोला र मोबाइल ड्यामसाइडस्थित फेवा किनारमा भेटिएको प्रहरीले जनाएको छ ।

राति १२ बजे साथी र नजिकको दाजुलाई म्यासेज गरेर उनी बेपत्ता भएको प्रहरीले जनाए ।

फेवा किनारमा झोला र मोबाइल भेटिएपछि नेपाल प्रहरीको रेस्क्यु टोलीले शव निकालेको छ । उनले फेवातालमा हाम फालेर आत्महत्या गरेको अनुमान गरिए पनि प्रष्ट भइसकेको छैन ।

घटनाबारे अनुसन्धान भइरहेको कास्की प्रहरीले जनाएको छ ।

किशोरी लामिछाने आइतबारदेखि हराएकी थिइन् । उनी छोरेपाटन उच्च माविमा कक्षा १० मा अध्ययनरत हुन् ।

प्रतिक्रिया दिनुहोस