प्रकाण्डलाई पुनः २४ घण्टाभित्र सर्वोच्च ल्याउन आदेश « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

प्रकाण्डलाई पुनः २४ घण्टाभित्र सर्वोच्च ल्याउन आदेश


१० भाद्र २०७५, आइतबार


प्रकाण्ड-विप्लव

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई २४ घण्टाभित्र हाजिर गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।

उनका भाइ वीरेन्द्र विश्वकर्माले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाई गर्दै सर्वोच्चले उनलाई २४ घण्टाभित्र पेश गर्न आदेश दिएको हो ।

यसअघि भदौ ७ गते सर्वोच्चकै आदेशमा रिहा भएका प्रकाण्डलाई प्रहरीले नुवाकोटमा स्काभेटर जलाएको आरोपमा पुन पक्राउ परेका थिए । उनका भाइ वीरेन्द्रले गैरकानुनी रुपमा थुनामा राखेको भन्दै शुक्रबार सर्वोच्चमा रिट दायर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस