महेन्द्रनगरमा जारी कर्फ्यू दश बजेसम्म हट्यो « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

महेन्द्रनगरमा जारी कर्फ्यू दश बजेसम्म हट्यो


१० भाद्र २०७५, आइतबार


कञ्चनपुर । कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा जारी कर्फ्यू जिल्ला प्रशासन कार्यालयले राति दश बजेसम्मका लागि हटाएको छ ।

प्रशासन कार्यालयले आइतबार अपराह्न सूचना प्रकाशित गरी अहिले ६ बजेदेखि राति १० सम्मलाई कर्फ्यू हटाएको जानकारी दिएको छ । स्थानीय प्रशासनका अनुसार आज राति १० बजेदेखि ५ बजेसम्म यथावत रहनेछ । सोमबार विहान ५ देखि १२ बजेसम्म पुनः कर्फ्यू हटाइने र दिउँसो १२ बजेदेखि पुनः अर्को आदेश जारी नभएसम्म कफ्र्यू कायम रहने बताइएको छ ।

स्थानीयको अन्दोलनमा प्रहरीले गोली चलाउँदा १४ वर्षीय सनी खुनाको मृत्यु भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रशासनले शुक्रबार साँझ ८ बजेदेखि अनिश्चितकालिन कर्फ्यू जारी गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस