प्रतिनिधिसभामा देउवाको प्रश्न : सरकारले नै अपराधी जोगाए न्याय माग्न कहाँ जाने ? « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रतिनिधिसभामा देउवाको प्रश्न : सरकारले नै अपराधी जोगाए न्याय माग्न कहाँ जाने ?


१० भाद्र २०७५, आइतबार


काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभाको आजको वैठकमा प्रश्न गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै देउवाले सरकारले नै अपराधी जोगाए न्याय माग्न कहाँ जाने भनी प्रश्न गरे । उनले कञ्चनपुर घटनामा निर्दोष नागरिकमाथि कारबाही गरेको र अपराधीलाई जोगाएको बताएका छन् ।

अपराधलाई जोगाउन निर्दोषलाई दोषी किटान गरेर कारबाही गर्नु अपराधको पराकाष्टा हो भन्दै देउवाले राज्यले नै दोषी जोगाउन खोजेपछि न्यायका लागि सर्वसाधारण सडकमा उत्रिनु सामान्य भएको बताए ।

प्रतिक्रिया दिनुहोस