कञ्चनपुरको भीमदत्तनगरमा पुन : कर्फ्यु « प्रशासन
Logo ४ बैशाख २०८१, मंगलबार
   

कञ्चनपुरको भीमदत्तनगरमा पुन : कर्फ्यु


१० भाद्र २०७५, आइतबार


भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको छ । भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कर्फ्यु लगाइएको हो ।

उक्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्याको घटनाले यहाँको स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले घिदेखि कर्फ्यु लगाउँदै आएको हो ।

यहाँको वातावरण केही सामान्य बनेकाले आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएकमा अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।

जनैपूर्णिमाको दिन भएकाले यहाँका सर्वसाधारण कर्फ्यु खुलेको समयमा बजारमा किनमेलका लागि निस्केका थिए । निर्मला काण्डमा प्रहरीले हत्यारालाई बचाउन खोजेको भन्दै एक सातादेखि स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार आन्दोलनरत पक्ष र प्रहरीबीच यहाँको ट्राफिक चोकमा झड्प हुँदा प्रहरीले चलाएको गोली लागेर भीमदत्तनगरपालिका–१८ का १४ वर्षीया बालक शनी खुनाको मृत्यु भएको थियो । शनिबार साँझ सरकारले मतृक शनीलाई शहीद घोषणा गर्दै परिवारलाई दश लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई पनि दश लाख दिने र आन्दोलनमा घाइते भएकाको निःशुल्क उपचार तथा अङ्गभङ्ग भएकालाई पनि सहयोग गर्ने बताइकाले वातावरण सहज हुने आकलन गरिएको छ । रासस

प्रतिक्रिया दिनुहोस