२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुरको भीमदत्तनगरमा पुन : कर्फ्यु

अ+ अ-

भीमदत्तनगर । कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान १० बजेपछि पुनः कर्फ्यु लगाइएको छ । भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कर्फ्यु लगाइएको हो ।

उक्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया निर्मला पन्तको हत्याको घटनाले यहाँको स्थिति असामान्य बनेपछि जिल्ला प्रशासन कार्यालयले घिदेखि कर्फ्यु लगाउँदै आएको हो ।

यहाँको वातावरण केही सामान्य बनेकाले आइतबार बिहान ५ बजेदेखि १० बजेसम्मका लागि कर्फ्यु हटाइएकमा अर्को आदेश नभएसम्म कर्फ्यु जारी रहने जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कृष्ण ओझाले जानकारी दिए ।

जनैपूर्णिमाको दिन भएकाले यहाँका सर्वसाधारण कर्फ्यु खुलेको समयमा बजारमा किनमेलका लागि निस्केका थिए । निर्मला काण्डमा प्रहरीले हत्यारालाई बचाउन खोजेको भन्दै एक सातादेखि स्थानीयवासी आन्दोलनमा छन् । शुक्रबार आन्दोलनरत पक्ष र प्रहरीबीच यहाँको ट्राफिक चोकमा झड्प हुँदा प्रहरीले चलाएको गोली लागेर भीमदत्तनगरपालिका–१८ का १४ वर्षीया बालक शनी खुनाको मृत्यु भएको थियो । शनिबार साँझ सरकारले मतृक शनीलाई शहीद घोषणा गर्दै परिवारलाई दश लाख आर्थिक सहायता प्रदान गर्ने निर्णय गरेको थियो ।

त्यसैगरी हत्या गरिएकी बालिका निर्मला पन्तका परिवारलाई पनि दश लाख दिने र आन्दोलनमा घाइते भएकाको निःशुल्क उपचार तथा अङ्गभङ्ग भएकालाई पनि सहयोग गर्ने बताइकाले वातावरण सहज हुने आकलन गरिएको छ । रासस