छोराको कुटाइबाट ४५ वर्षीय बुबाको मृत्यु « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

छोराको कुटाइबाट ४५ वर्षीय बुबाको मृत्यु


१० भाद्र २०७५, आइतबार


लहान । आफ्नै छोराको कुटाइबाट ४५ वर्षीय बुबाको मृत्यु भएको छ । सिरहाको लहान नगरपालिका–१८ मनर्वाका ४५ वर्षीय बुबा उमेश सदाय २५ वर्षीय छोरा सञ्जय सदायको कुटाइबाट गम्भिर घाइते भएका थिए । घाइते सदायलाई उपचारको लागि विराटनगरस्थित न्यूरो अस्पतालमा पुर्याइएको थियो । उनको उपचारको क्रममा अस्पतालमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घरायसी विवादमा छोरा सञ्जय सदायले बुबा उमेश सदायको कुटपिट गरेको जनाइएको छ ।

छोराको कुटपिटबाट गम्भीर घाइते भएका सदायको लहानस्थित रामप्रसाद उमा स्मारक अस्पतालमा भर्ना गरिएकोमा त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि न्यूरो अस्पताल विराटनगर भर्ना गरिएको थियो । उपचारका क्रममा शनिबार उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

छोरा सञ्जयलाई भने पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस