कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

कञ्चनपुर घटनाका दोषीलाई कारबाही हुन्छ : प्रधानमन्त्री ओली


९ भाद्र २०७५, शनिबार


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुर घटनाका दोसीलाई कारबाहीको दायरामा ल्याउन सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन् ।

घटनाका बिषयमा प्रधानमन्त्री ओली र नेपाल कम्यूनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई ध्यानआकर्षण गर्न आएका नेकपाका तर्फबाट कैलाली र कञ्चनपुरका सांसद र तथा नेकपाका केन्द्रीय सदस्यहरुसँग कुरा गर्दे प्रधानमन्त्री ओलीले उक्त कुरा बताएका हुन् ।

प्रधानमन्त्री ओलीले घटनालाई सरकारले गम्भिर रुपमा लिएकोले छानविन समिती गठन गरेर काम अघि बढाएको बताए । ‘यस घटनाको आवरणमा हिंसा भड्काउने प्रयास भएका छन् । यसमा सरकार गम्भिर छ’, प्रधानमन्त्री ओलीले भने, ‘यस्ता व्यक्तिहरुको पहिचन गरी कारबाही गर्न र स्थितीलाई सहज बनाउन सुरक्षा निकायलाई निर्देशन दिइसकिएको छ ।’

प्रधानमन्त्री ओलीले आन्दोलनको बहानामा व्यक्तिगत र सार्वजनिक सम्पतीको तोडफोड गर्नेलाई कानुन बमोजिम कारबाही गर्न सरकार प्रतिवद्ध रहेको बताए । ‘बालिकाको बलात्कार गरी हत्या गर्ने, आन्दोलनका नाममा तोडफोड गर्ने र हिंसा मच्चाउने सबैलाई कारबाही हुन्छ । यसमा सरकारले कुनै कसर बाँकी राख्दैन, आलीले भने ।’

नेकपाका स्थायी समिती सदस्य भिम रावलको नेतृत्वको टोलीले प्रधानमन्त्री ओली र अध्यक्ष दाहाललाई आज बालुवाटारमा भेटेर घटनाको बारेमा जानकारी गराउँदै दोषी पत्ता लगाउन र कारबाही गर्न माग गरेको थियो ।

प्रतिक्रिया दिनुहोस