२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

निर्मला हत्या प्रकरण : सर्वपक्षीय बैठकद्वारा ४ बुँदे सहमति

अ+ अ-

कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको नेतृत्वमा बसेको सर्वदलिय बैठक चार बुँदे सहमति गर्दै सम्पन्न भएको छ ।

प्रजिअ अधिकारीका अनुसार बैठकमा प्रहरीको गोली लागी मृत्यु भएकालाई सहिद घोषणासँगै क्षतिपूर्तिका लागि तीनै तहका सरकारसँग आग्रह गर्ने, आन्दोलनका घाइते व्यक्तिको समयमै उपचारको व्यवस्था र शारीरिक अशक्तता भएकाहरुलाई जीविकोपार्जनका लागि यथोचित व्यवस्था गर्न आग्रह गर्ने सहमति भएको छ । यस्तै आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षति र भीड नियन्त्रण गर्न भएको दमन र गोली चलाइएको विषयमा निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि समिति गठन गर्न सरकारसँग आग्रह गर्ने, जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, उद्यमी व्यवसायी सबै क्षेत्रबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाइ विरोधका कार्यक्रम आजैबाट बन्द गर्न अपिल गर्ने सहमति भएको छ ।

शुक्रबार राति ८ बजेदेखि लगाइएको कर्फ्यु भने यथावत छ । लगातारको कर्फ्युका कारण जनजीवन पनि प्रभावित बनेको छ ।