निर्मला हत्या प्रकरण : सर्वपक्षीय बैठकद्वारा ४ बुँदे सहमति « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

निर्मला हत्या प्रकरण : सर्वपक्षीय बैठकद्वारा ४ बुँदे सहमति


९ भाद्र २०७५, शनिबार


कञ्चनपुर । कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीको नेतृत्वमा बसेको सर्वदलिय बैठक चार बुँदे सहमति गर्दै सम्पन्न भएको छ ।

प्रजिअ अधिकारीका अनुसार बैठकमा प्रहरीको गोली लागी मृत्यु भएकालाई सहिद घोषणासँगै क्षतिपूर्तिका लागि तीनै तहका सरकारसँग आग्रह गर्ने, आन्दोलनका घाइते व्यक्तिको समयमै उपचारको व्यवस्था र शारीरिक अशक्तता भएकाहरुलाई जीविकोपार्जनका लागि यथोचित व्यवस्था गर्न आग्रह गर्ने सहमति भएको छ । यस्तै आन्दोलनका क्रममा सरकारी र व्यक्तिगत सम्पत्तिमा पुगेको क्षति र भीड नियन्त्रण गर्न भएको दमन र गोली चलाइएको विषयमा निष्पक्ष छानबिन गरी दोषीउपर कडा कारबाहीका लागि समिति गठन गर्न सरकारसँग आग्रह गर्ने, जिल्लामा शान्ति सुव्यवस्था कायम राख्न राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मी, उद्यमी व्यवसायी सबै क्षेत्रबाट आवश्यक सहयोग गरी सहज वातावरण बनाइ विरोधका कार्यक्रम आजैबाट बन्द गर्न अपिल गर्ने सहमति भएको छ ।

शुक्रबार राति ८ बजेदेखि लगाइएको कर्फ्यु भने यथावत छ । लगातारको कर्फ्युका कारण जनजीवन पनि प्रभावित बनेको छ ।

प्रतिक्रिया दिनुहोस