कञ्चनपुर घटना दुःखद्, निश्पक्ष छानविन गरिने – गृह मन्त्रालय « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कञ्चनपुर घटना दुःखद्, निश्पक्ष छानविन गरिने – गृह मन्त्रालय


प्रशासन विशेष ब्युरो

९ भाद्र २०७५, शनिबार


काठमाडौँ । कञ्चनपुरमा किशोरीको बलात्कारपछि हत्या घटनामा प्रहरी अनुसन्धानप्रति असन्तुष्टि जनाउँदै प्रदर्शनमा उत्रिएका स्थानीयमाथि भएको घटनामा गृह मन्त्रालयले दुःख व्यक्त गर्दै निश्पक्ष छानविन गरिने जनाएको छ ।

शुक्रबार राति एक बिज्ञप्ती जारी गर्दै गृह मन्त्रालयले सरकारी सम्पत्ति तथा धनजनको क्षति पुग्ने गतिविधि हुन थालेपछि स्थितिलाई सामान्यीकरण गर्न र स्थानीय प्रशासनले शान्ति सुरक्षा कायम गर्दा घटना भएको भन्दै सम्पूर्ण घटनाको निष्पक्ष छानबिन गरिने जनाएको हो ।

मन्त्रालयले अनुसन्धान कार्यमा संलग्न व्यक्ति तथा राष्ट्रसेवकहरुबाट यस अवधिमा सम्पादित पदीय कर्तव्य र जिम्मेवारीको सरकारले निरन्तर अनुगमन गरिरहेको हुँदा कमी कमजोरी गरेको भए आवश्यक छानविन गरी दोषि पाइएमा कारवाही गरिने समेत जनाएको छ ।

उच्च स्तरीय छानबिन समितिले काम सुरु गरिसकेकाले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कारवाही गर्नमा सबैलाई सहयोग गर्न अनुरोध गरेको छ।

 

Tags :
प्रतिक्रिया दिनुहोस