२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

नगरपालिकाद्वारा निःशुल्क सिफारिस

अ+ अ-

लहान । देशभरका अधिकांश स्थानीय तहले व्यक्तिगत घटना दर्ता तथा सिफारिसमा शुल्क बढाइरहँदा सिरहाको गोलबजार नगरपालिकाले दिने सिफारिस तथा व्यक्तिगत घटना दर्ता निःशुल्क गर्ने निर्णय गरेको छ ।

नगरपालिकाका बासिन्दाले ३५ दिनसम्म व्यक्तिगत घटना निःशुल्क दर्ता गराउन सक्ने र ३५ दिनभन्दा बढी भएमा दर्ता गर्न रु ५० विलम्ब शुल्क लाग्ने नगर प्रमुख देवनाथ साहले जानकारी दिनुभयो । जन्मदर्ता, विवाह दर्ता, मृत्यु दर्ता, बसाइँसराइ, सम्बन्धविच्छेद, निःशुल्क स्वास्थ्योपचार, स्वास्थ्य उपचारमा सहुलियत, छात्रवृत्ति, अति गरीब र दुईजना व्यक्ति एउटै भएकोलगायतका सिफारिस निःशुल्क गरिएको नगरप्रमुख साहले बताए ।

नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख भएबमोजिम आपाङ्गता भएका नागरिकको सिफारिसमा ५० प्रतिशत छुट दिने तथा अति गरीब डुम र मुसहर समुदायलाई नगरपालिकाबाट दिइने सिफारिसमा पूर्ण निःशुल्क गरिएको नगर प्रमुख साहको कथन छ ।

अधिकांश स्थानीय तहले सिफारिस र व्यक्तिगत घटना दर्तामा शुल्क बढाइरहँदा गोलबजार नगरपालिकाले विभिन्न सिफारिस र व्यक्तिगत घटना दत्र्ता निःशुल्क गरेपछि स्थानीयवासी खुशी भएका छन् । देशभरिका स्थानीय तहले कर बढाइरहेको भन्ने तीव्र असन्तुष्टि आएको बेला गोलबजार नगरपालिकाले नागरिकसँग प्रत्यक्ष सरोकार रहने सिफारिस निःशुल्क गरेपछि स्थानीयवासी खुशी देखिन्छन् ।

स्वास्थ्य शिविरमा ५०० बढीको जाँच

सिरहाको कर्जन्हा नगरपालिका–११ बगहामा सम्पन्न क्यान्सर रोग सम्बन्धी स्वास्थ्य शिविरमा पाँच सय भन्दा बढीले स्वास्थ्य जाँच गराएका छन् । जसमध्ये ८६ जना महिला पाठेघरका क्यान्सर रोगी फेला परेका छन् ।

चितवनको भरतपुरस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र सिरहाको कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल हस्पिटलको आयोजनामा सम्पन्ने स्वास्थ्य शिविरमा जाँच गराएकामध्ये ८६ जना महिलामा पाठेघरको क्यान्सर भेटिएको शिविरका टोली प्रमुख डा निर्मलकुमार लामिछानेले जानकारी दिए।

शिविरमा चेकजाँच गरिएका महिलामध्ये आठ जनाको पाठेघर पूर्ण रुपले खसेको र छ जनाको पाठेघरभित्र मासु पलाएको पाइएकाले तत्काल पायक पर्ने अस्पतालमा उपचारका लागि सिफारिस गरिएको डा. लामिछानेले बताए ।

यसैबीच सिरहाको कर्जन्हा नगरपालिका– ११ स्थित बगाहामा बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनको शाखा स्थापना गर्ने तयारी शुरु स्थानीय समाजसेवी रेणु यादवले जानकारी दिएका छन् । रासस