विवेकशीलले ग-यो कञ्चनपुर घटनाको विरोध « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

विवेकशीलले ग-यो कञ्चनपुर घटनाको विरोध


८ भाद्र २०७५, शुक्रबार


काठमाडौं । विवेकशील साझा पार्टीले कञ्चनपुर घटनाको विरोध गरेको छ ।

 दिनानुदिन बढ्दो यौनजन्य हिंसा एवं बलात्कारपछि हत्या  गर्नेसम्मका घटनाप्रति विवेकशिलले गम्भीर चिन्ता व्यक्त गरेको छ ।

पार्टीका प्रवक्ताद्वारा आज जारी विज्ञप्तिमा मुलुकमा पछिल्लो समय बढ्दै गएको जघन्य अपराधमा संग्लनलाई कानूनको दायरामा ल्याई सजाय दिलाउन सरकारसमक्ष जोडदार माग गरिएको छ ।

विवेकशीलले बिहीबार कञ्चनपुरमा भएको घटनाका दोषीलाई कारबाही गरी घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।

गत साउन ११ गते कञ्चनपुरको भीमदत्त–२ मा १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि निर्ममतापूर्वक हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस