२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कञ्चनपुर घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ : प्रहरी प्रमुख

अ+ अ-

भीमदत्तनगर । आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताएका छन् ।

बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर पुगेका कडायतले आन्दोलनरत सबै पक्षको राय सुझाव लिने र उच्च प्राथमिकताका साथ घटनाको अनुसन्धान थालिने बताए ।

“घटना नयाँ शिराबाट अनुसन्धान गर्ने स्थिति आउन सक्छ,” उनले भने, “यहाँ लगाइएको कफ्र्यू आज बिहान ५ बजेदेखि हटेको छ ।” उनले आन्दोलनरत पक्ष र स्थानीयवासीलाई प्रहरी अनुसन्धानमा सहयोग गर्न आग्रह गरे । बिहीबारसम्म अशान्त रहेको भीमदत्तनगरको स्थिति आज बिहानदेखिबाट सामान्य बन्दै गएको छ । बजार खुलेको छ भने सवारीसाधन चल्न थालेका छन् ।

गृहमन्त्रालयले जिल्लामा नयाँ नेतृत्व पठाएको छ भने उच्चस्तरीय छानविन समितिसमेत गठन गरेको छ । “नयाँ प्रमुख जिल्ला अधिकारी र गृहको छानविन समिति अनुसन्धानका लागि यहाँ आउँदैछ,” प्रहरी उपरीक्षक कडायतले रासससित भने ।

भीमदत्तनगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्तको बलात्कारपछि गत साउन १० गते हत्या भएको थियो ।

भीमदत्तनगरपालिका–१८ निम्बुखेडास्थित साथीको घरमा गृहकार्य गर्न गएकी निर्मलाको शव साउन ११ गते उखुबारीमा भेटिएको थियो । आन्दोलनरत पक्षले निर्मला गृहकार्य गर्न गएको साथीको घरबाट नै अनुसन्धान थाल्नुपर्ने माग गर्दै आएको छ ।

गत आइतबार जिल्ला प्रहरी कार्यालयले पत्रकार सम्मेलन गरी हत्यामा संलग्न रहेको भन्दै भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टलाई सार्वजनिक गरेपछि आन्दोलन झन् चर्किएको हो । आन्दोलनरत पक्ष र स्थानीयबासीले अभियुक्त विष्टको लामो समयदेखि मानसिक अवस्था ठिक नभएकाले उनीबाट सो घटना नघटेको र प्रहरीले वास्तविक हत्यारा लुकाउन षड्यन्त्र गरेको आरोप लगाउँदै आएका छन् ।