कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार गरिने : गृहमन्त्री थापा « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

कञ्चनपुर घटनाका घाइतेको निःशुल्क उपचार गरिने : गृहमन्त्री थापा


८ भाद्र २०७५, शुक्रबार


काठमाडौं । कञ्चनपुर घटनाका घाइतेहरुलाई निःशुल्क उपचार गरिने भएको छ ।

गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुर घटनामा घाइते भएर त्रिभुवन शिक्षण अस्पतालमा उपचार गराइरहेका अर्जुन भण्डारालाई अस्पतालमा भेटेर स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै आन्दोलनको क्रममा घाइते भएकाहरुको उपचार सरकारले गर्ने बताएका हुन् ।

बलात्कारपछि हत्या भएकी निर्मला पन्तको हत्यारालाई खोजी कारबाही गर्नुपर्ने मागसहित आन्दोलन गर्दा भण्डारासहित थुप्रै आन्दोलनकारी घाइते भएका थिए ।

बिहीबार गृह मन्त्रालयले निर्मला पन्तको हत्याबारे अनुसन्धान गर्न गृह मन्त्रालयका सहसचिव हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

प्रतिक्रिया दिनुहोस