फेरि पक्राउ परे प्रकाण्ड, नुवाकोट पु-याइयो « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

फेरि पक्राउ परे प्रकाण्ड, नुवाकोट पु-याइयो


८ भाद्र २०७५, शुक्रबार


प्रकाण्ड-विप्लव

काठमाडौं । विप्लव समूहका प्रवक्ता प्रकाण्ड फेरी पक्राउ परेका छन् । नेत्रविक्रम चन्द नेतृत्वका प्रवक्ता खड्गबहादुर बिक (प्रकाण्ड)लाई प्रहरीले फेरी पक्राउ गरेको हो ।

सर्वोच्च अदालतले उनलाई बिहीबार छाड्न आदेश दिएइएको थियो । उनलाई फेरी पक्राउ गरी नुवकोट पु-याइएको छ ।

गत साउनमा बेलकोटगढी नगरपालिका–९ भट्टथोकमा दुई स्काभेटर जलाएको आरोपमा मुद्दा चलाउन नुवाकोट पुर्याइएको जनाइएको छ ।

गत साउन ७ गते राति धमले–जिलिङ सडक स्तरोन्नतिको काम गर्दै आएको नागार्जुन कन्ट्रक्सनको दुई स्काभेटरमा आगो लगाइएको थियो । आगो लगाएको कारण एउटा जलेर पूर्ण क्षति भएको थियो भने अर्को आंशिक क्षति भएको प्रहरीले जनाएको छ ।

यसअघि चन्दा असुलीको आरोपमा २३ साउनमा पक्राउ परेका प्रकाण्डलाई सर्वोच्चले छाड्ने आदेश दिएको थियो । लगत्तै, प्रहरीले काभ्रेमा रहेको मुद्दामा पक्राउ गरेको थियो ।

आज नै विश्वकर्मालाई अनुसन्धानको म्याद थपको लागि अदालतमा पेश गरिने प्रहरीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस