फेसबुकले फेला पार्यो हराएका एक बालक « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

फेसबुकले फेला पार्यो हराएका एक बालक


८ भाद्र २०७५, शुक्रबार


नवलपरासी । हराएका एक बालक सामाजिक सञ्जाल फेसबुकद्वारा फेला परेका छन् । पश्चिम नवलपरासीबाट विगत एक महिनादेखि सम्पर्कबिहीन बनेका बालक फेला परेका हुन् ।

गत साउन ३ गतेदेखि सम्पर्कबिहीन बनेका पश्चिम नवलपरासी प्रतापपुर – ७ सूर्यपुरा बस्ने भोला चौधरीका १४ वर्षीय छोरा हेमनारायण चौधरी भारतको सिसवामा फेला परेका हुन् ।

घरबाट बजार जान्छु भनी हिँडेका बालक हेमनारायण चौधरी सम्पर्कविहिन भएका थिए । बालक हराएको बारे फेसबुक लगायत सामाजिक सञ्जालमा प्रचार प्रसार भएपछि भारतको सिसवामा भेटीएको बालकाका बुवाका साथी बृजराज कुशुहवाले जानकारी दिए । छोराको बारेमा फेसबुकमा हराएको प्रचारप्रसार भएपछि फेसबुककै कारण फेला परेको बालकको परिवारले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस