ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

ओमप्रकाश मिश्र प्रधानन्यायाधीशमा सिफारिस


७ भाद्र २०७५, बिहिबार


काठमाडौं । संवैधानिक परिषद्को आज बसेको बैठकले कामु प्रधानन्यायाधीश ओमप्रकाश मिश्रलाई प्रधानन्यायाधीशमा सिफारिस गरेको छ ।

प्रधानमन्त्री केपी ओलीको अध्यक्षतामा प्रधानमन्त्री कार्यालय सिंहदरबारमा बसेको परिषद्को बैठकले मिश्रलाई प्रधानन्यायाधीशको लागि सिफारिस गरेको हो ।

सर्वोच्च अदालतमा तीन वर्ष न्यायाधीश भइसकेकाहरु मध्येबाट प्रधानन्यायाधीश छान्ने कानुनी व्यवस्था अनुसार मिश्र प्रधानन्यायाधीशका लागि सिफारिस् भएका हुन् । मिश्रसँगै चोलेन्द्र समशेर राणाको पनि प्रधानन्यायाधीशका लागि योग्यता पुगेको थियो ।

मिश्र अगामी पुससम्म प्रधानन्यायाधीश हुनेछन् ।

प्रतिक्रिया दिनुहोस